पूर्णबहादुर र शेखरको पत्रकार सम्मेलन, विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गर्ने


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनले विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । खड्काले पत्रकार सम्मेलनमार्फत् पुनः विशेष महाधिवेशन स्थगित गर्न आग्रह गर्ने तयारी गरिएको बताइएको छ। पत्रकार सम्मेलनमा इतर समूहका नेता डा.शेखर कोइरालाको पनि उपस्थिति रहने जनाइएको छ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको आन्तरिक मतभेदका कारण कांग्रेसको आन्तरिक राजनीति थप तातेको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तीब्र पारिएको छ। विशेष महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ ।