काठमाडौं । विशेष महाधिवेशनले पार्टी फुटको दिशामा जाने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बडो तनावमा परेका छन् । आफूनिकट केही नेताबाहेक उनले कसैलाई भेट्नै चाहेका छैनन् ।
शनिबार कांग्रेसका पूर्वसांसद एवं नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भयो । दाहाल देउवाका समकालीन नेता हुन् । अझ परिवारकै सदस्य थिए ।
दाहाल,पन्चायती निरंकुशताविरूद्ध निरन्तर लडेका मिसन पत्रकारिताका एक नायक थिए । त्यसभन्दा बढी नेपाली कांग्रेसका एक निष्ठावान नेता पनि थिए। समकालीन युवा नेताहरूको अन्तरंग मित्र थिए।तर निजी जीवनका सहयोगी देउवा दाहालको मलामी पनि गएनन ।
कांग्रेसले उनको निधनमा एउटा शोक कार्यक्रमसमेत राखेन । विगतमा केन्द्रीय सदस्यको निधनमा कांग्रेसले पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीका लागि पार्थीव शरीर राख्थ्यो । तर यसपटक त्यसमा क्रमभंग भयो । दाहालको पार्थीव शरीर सिधै आर्यघाट लगियो । आर्यघाटमा कांग्रेस महामन्त्री गगन थापासहितका पदाधिकारी र नेता पुगेका थिए ।











प्रतिक्रिया