काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आमा र बुवाको आशीर्वाद थापेर विशेष महाधिवेशनस्थल प्रस्थान गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले अपनत्व नलिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
जसअनुसार आइतबार दिउँसो भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु हुँदैछ । अहिले महाधिवेशनस्थलमा जुलुस प्रवेश गर्ने क्रम जारी छ । भृकुटीमण्डपको मैदान भरिसकेको छ । ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेका छन् । महाधिवेशन सुरु हुनै लाग्दा महामन्त्री थापाले सामाजिक सञ्जालमा आमा र बुवासँग आशीर्वाद लिएको तस्बिर पोस्ट गरेका छन् ।











प्रतिक्रिया