जनताले गगनलाई गरेको माया र विश्वास खेर जाँदैन : अञ्जना थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पत्नी अञ्जना केसी थापाले गगनले राजनीतिको जोखिम लिएको टिप्पणी गदैै जनताको माया र विश्वास खेर नजाने बताएकी छन् । गगन थापा घरबाट विशेष महाधिवेशनस्थलतर्फ प्रस्थान गरेपछि अञ्जनाले सामाजिक सञ्जालमा स्टाटस राख्दै गगनले देखाउनुभएको साहस र मानिसहरूले राखेको माया र विश्वास खेर नजाने भन्दै हौसला दिएकी छन् ।

परिवर्तनका लागि अघि बढिरहेको नेतृत्वप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै लेखेकी छन्,’ दाउ ठूलो छ र तपाईंले लिइरहनुभएको जोखिमको गाम्भीर्यता बुझिएको छ । तर पनि तपाईं एक्लो हुनुहुन्न ।’ अञ्जनाले थापाको साथमा भोलिको राम्रो नेपालको सपना देख्ने असंख्य नागरिकको आशा र समर्थन रहेको उल्लेख गरेकी छन् ।

आज देखाइएको साहस, जनताले दिएको माया र विश्वास खेर नजाने उनको ठहर छ । ‘तपाईंले लिइरहनुभएको जोखिमको गाम्भीर्यता बुझिएको छ । तर पनि तपाईं एक्लो हुनुहुन्न,’ उनले लेखेकी छन्, ‘यो क्षण महत्वपूर्ण छ,तपाईंको आवाज महत्वपूर्ण छ र परिवर्तनप्रतिको प्रतिबद्धता पनि उत्तिकै महत्वपूर्ण छ ।’