काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल पुगेका छन् । सोमबार बिहान ११ बजेलाई सारिएको बन्दसत्रमा सहभागी बन्न थापा र शर्मा विशेष महाधिवेशनस्थल पुगेका हुन् । महामन्त्री शर्मा १० बजेपछि नै पुगेका थिए । अर्का महामन्त्री थापा भने केही बेर अघि मात्र भृकुटीमण्डपमा पुगेका छन् ।
कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले संवादका लागि आमन्त्रण गरे पनि थापा र शर्मा भने गएनन् । विशेष महाधिवेशनले आज नीतिसँगै नेतृत्व चयन गर्नसक्ने अधिक सम्भावना छ । तर संस्थापन पक्ष भने नेतृत्व चयन गर्न नसक्ने अडानमा छ । एउटा सभापति हटाएविना अर्को सभापति चयन गर्न नसक्ने नेता रमेश लेखक बताउँछन् ।
‘दईतिहाइ नभए सभापति हटाउनै सकिँदैन। सभापति राजीनामा नगरेसम्म बहुमत हुनु पर्याप्त हुँदैन। एउटा सभापति हटाए बिना अर्को कसरी चयन गर्नुहुन्छ ?’ उनको प्रश्न छ । महामन्त्री थापाले भने विशेष महाधिवेशनको हलले जे निर्णय गर्छ, त्यो आफ्ना लागि स्वीकार्य हुने बताइसकेका छन् ।











प्रतिक्रिया