गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा तयार भएको यस गीतमा फिमेल भोकलका रूपमा सलिना बिकेले साथ दिएकी छन्। गीतको अडियो निकै कर्णप्रिय रहेको छ।
गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री सजिना श्रेष्ठ फिचर छन्। मनाङको मनमोहक दृश्यमा खिचिएको भिडियोमा पल र सजिनाको जोडी आकर्षक देखिएको छ। पाँच दिन लगाएर मनाङमा छायांकन गरिएको भिडियोलाई उच्च मेकिङसहित प्रस्तुत गरिएको छ। खराब मौसमका बीच टिमले गरेको मेहनत भिडियोमा स्पष्ट देखिन्छ।
पल र सजिनाको रोमान्टिक केमेस्ट्रीसँगै मनाङको प्राकृतिक सौन्दर्यलाई जीवन्त बनाउन छायाँकारले गरेको मेहनत पनि भिडियोमा झल्किएको छ। किरण थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका हुन्। पवनकै सम्पादन रहेको भिडियोमा प्रवेश खत्रीले साथ दिएका छन्।
भिडियोका प्रोजेक्ट म्यानेजर प्रवेश खत्रीले पाँच दिनसम्म मनाङमा टिम व्यवस्थापन गर्दै भिडियो निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।












प्रतिक्रिया