पार्टी आधिकारिकताको माग गर्दै देउवा पक्ष पनि पुग्यो निर्वाचन आयोग


काठमाडौं । कांग्रेसको संस्थापन पक्ष आधिकारिकताको माग गर्न शुक्रबार निर्वाचन आयोग गएको छ । कानुन व्यवसायीसँगको परामर्शपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी आयोग पुगेका हुन् । उनीहरूले केन्द्रीय कार्यसमितिमा आफ्नो बहुमत रहेको र विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आह्वान नगरेकाले वैधता नभएको दाबी गरिएको छ ।

यसअघि बिहीबार कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति निर्वाचन आयोग पुगेर दस्ताबेज बुझाएको थियो । दुवै पक्षको दाबीपछि आयोगलाई चाँडै निर्णय गर्न दबाब परेको छ । माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम छ ।