काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा


काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। शुक्रबार उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा ४ गतेको मिति उल्लेख गरेको पाण्डेले बताए । ‘आज राजीनामा दिएको छु, चुनावमा कहाबाट उठ्ने तय भएको छैन, सोच त्यही हो,’ उनले भने, ‘माघ ४ गतेको मिति राखेर राजीनामा बुझाएको छु ।’

यसअघि पाण्डेले काठमाडौं–४ बाट चुनाव लड्ने चर्चा थियो । तर अहिले भने निर्वाचन क्षेत्र फिक्स नभएको उनको भनाइ छ । काठमाडौं–४ कांग्रेस सभापति गगन थापाले जित्दै आएको निर्वाचन क्षेत्र हो ।