काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले आइतबार राजीनामा दिन लागेका छन् । उपमेयर सुनिता डंगोललाई १६ महिनाको बाँकी कार्यभार सुम्पिएर बालेन दिउँसो १ बजे रास्वपा पार्टी कार्यालय घण्टी घर वनस्थली पुग्ने तयारी छ ।
एमाले अध्यक्ष केपी ओलीको निरन्तर विजयी चुनाव क्षेत्र झापा ५ बाट प्रतिनिधिसभामा भिड्ने गरी रास्वपा वरिष्ठ नेता बालेनले तयारी थालेका छन् । त्यसका लागि बालेनले ओलीको क्षेत्रमा चुनाव प्रचार गर्न तीनवटा घर भाडामा लिइसकेका छन् ।
बालेन सोमबार जनकपुरधामबाट चुनाव प्रचारमा लाग्ने भएका छन् । रास्वपाले सोमबार जनकपुरबाट प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियान थाल्ने भएको छ । जसका लागि बृहत् चुनावी सभा आयोजना गरेको छ ।












प्रतिक्रिया