निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले सर्वोच्च अदालतमा हाल्यो रिट


काठमाडौं – निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । देउवा समूहका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्च पुगेर रिट निवेदन दिएका हुन् ।

विशेष महाधिवेशन अवैधानिक भएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध बदरको माग गर्दै देउवा सर्वोच्च पुगेको हो । रिट दर्ता हुने क्रममा रुजु गरिँदैछ।

देउवा समूहका खड्कासँगै विमलेन्द्र निधि, प्रकाशमान सिंह, मिन विश्वकर्मा, एनपी साउदलगायत अदालत पुगेका थिए । उनीहरूले आयोगको निर्णय खारेज गर्दै आफ्नो पक्षलाई आधिकारिकता दिन अन्तरिम आदेशको माग गरेका छन् । यदि सर्वोच्चले स्टे अर्डर जारी गरेमा गगन थापाको नेतृत्व अवैध हुनेछ ।