काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेनले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा रवि र बालेन सहभागी भएका हुन्।
दुवैले मञ्चमा पुगेर देश र पार्टीको झन्डा फहराएका थिए । झापा जानुअघि बालेनले मधेश प्रदेशबाट आफ्नो चुनावी यात्रा सुरू गरेका हुन्। उनी झापा ५ मा उम्मेदवार हुँदैछन्। रास्वपाले मधेश बलिदानी दिवसको अवसर पारेर चुनावी अभियान सुरु गरेको हो । सोमबार बिहानै बालेनले जानकी मन्दिर पुगेर पूजा गरेका थिए। त्यस्तै, सिरहाको लहान पुगेर मधेस आन्दोलनका सहिदको शालिकमा माल्यार्पणसमेत गरेका थिए । बालेन र रविले केहीबेरमा चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । त्यसपछि बालेन झापा प्रस्थान गर्ने भएका छन् ।












प्रतिक्रिया