गगन थापा सर्लाही ४ बाट उठ्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी क्षेत्र परिवर्तन गरेका छन् । यसअघि तीनपटक काठमाडौं ४ बाट निर्वाचन जितेका थापाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् । सर्लाही ४ मा उनको एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग प्रतिस्पर्धा हुनेछ ।

थापा काठमाडौं, धनकुटा र रोल्पासँगै सर्लाहीबाट पनि उम्मेदवार सिफारिस भएका थिए । २०७९ को निर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उठेर चुनाव जितेका थिए । सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए।