शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिए


काठमाठौं । शिक्षामन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले पुनले राजीनामा दिएको सार्वजनिक गरेका हुन् ।

‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो,’ मन्त्री खनालले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । चुनाव गराउन बनेको सरकारका अहिलेसम्म चार मन्त्रीले राजीनामा दिएर हिँडेका छन् ।

सोमबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका थिए । खरेल ललितपुर २ मा रास्वपाबाट उम्मेदवार बनेका छन् । गुप्ता सिराहा १ मा रास्वपाबाट उम्मेदवार बन्ने बताइएको छ । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए ।

शिक्षामन्त्री पुनले मनोनयन दर्ताकै दिन राजीनामा दिनुलाई आश्चर्य मानिएको छ । चार महिना मन्त्री बन्दा आफूले देश बन्ने कुनै बाटो नदेखेको उनले सार्वजनिक गरेका छन् ।