काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालय समर्थक र बाजागाजासहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक छन् ।
स्थानीय संस्कृति झल्किने विभिन्न झाँकी र र्यालीसहित निर्वाचन कार्यालय पुगेका बालेन्द्रलाई स्वागत गर्न रास्वपाका कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । तामाझाम नगर्ने भनिए पनि निर्वाचन अधिकृतको कार्यालयअगाडि निकै भिडभाड देखिएको छ । मनोनयन दर्ता गर्न २५ जना मात्र आउने सोमबार सहमति भएको थियो ।
तर, स्वस्फूर्त शुभेच्छुकको भिड बढेको जनाइएको छ । झापा ५ एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र हो । ओलीले दिउँसो १ बजेपछि मनोनयन दर्ता गर्ने छन् । यो क्षेत्रमा बालेन्द्रको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक र त्रिपक्षीय बनाउने अनुमान गरिएको छ ।












प्रतिक्रिया