काठमाडौं–४ का उम्मेदवार सचिन तिमिल्सिनाले भेटे सभापति गगन थापा


काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सिनाले विकास र समृद्धिको साझा संकल्प अघि सारेका छन्। यसअघि यही क्षेत्रबाट कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएका थिए।

निर्वाचन तयारीका क्रममा तिमिल्सिनाले सभापति थापासँग भेट गरी चुनावी रणनीतिबारे गहन छलफल गरेको जानकारी दिएका छन्। उनले थापाको अनुभव र मार्गदर्शनले आफ्नो राजनीतिक यात्रालाई थप ऊर्जावान् बनाउने विश्वास व्यक्त गरेका छन्।

तिमिल्सिनाले काठमाडौं–४ लाई समावेशी विकास, सुशासन र दिगो समृद्धिको नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्।