सामाजिक सेवा अभियन्ता बिमल पन्त राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा–१ बाट ‘घण्टी’ को उम्मेदवार


काठमाडौंमा विभिन्न सामाजिक सेवामा सक्रिय बिमल पन्तले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ बाट ‘घण्टी’ चुनाव चिन्हमा उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौं। काठमाण्डौँमा विभिन्न पर्व, आन्दोलन, धर्ना र जनप्रदर्शनका क्रममा निशुल्क पानी वितरण गर्दै सामाजिक सेवा अभियन्ता रूपमा चिनिएका बिमल पन्तले प्रतिनिधिसभा सदस्यको लागि पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले घण्टी चुनाव चिन्हमार्फत प्रतिस्पर्धा गर्नेछन्।

पन्तले विगतमा काठमाडौं उपत्यकाका शिवरात्रिदेखि तीजसम्मका भीडभाडपूर्ण कार्यक्रममा निशुल्क पानी वितरण, कोभिड–१९ महामारीका बेला घर–अस्पताल र अस्पताल–घर अक्सिजन सिलिन्डर पुर्‍याएर सहयोग, र कपडा बैंक सञ्चालनमार्फत देशका विपन्न नागरिकलाई लुगाकपडा वितरण जस्ता कार्य गर्दै आएका छन्।

सामाजिक सेवा क्षेत्रमा सक्रिय पन्तले आफ्नो मूल थलो पाल्पासहित अन्य जिल्लामा समेत सेवा विस्तार गर्दै आएका छन्। उनको उम्मेदवारी दर्तासँगै पाल्पा–१ मा राजनीतिक गतिविधि र चहलपहल बढेको देखिन्छ।

निर्वाचन नजिकिँदै जाँदा पाल्पा–१ का मतदाताले उम्मेदवारहरूको प्रचार–प्रसार र एजेन्डालाई नजिकबाट अवलोकन गरिरहेको स्थानीयहरूले बताएका छन्।