काठमाडौं । कांग्रेस युवा नेता एवं मोरङ ३ का उम्मेदवार डा. सुनिलकुमार शर्माले ७० हजार मत दिएर विजयी गराउन अनुरोध गरेका छन् । निर्वाचन क्षेत्रका मतदातासँग भेटघाटका क्रममा शर्माले आफूलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसँग आग्रह गरेका हुन् ।
आफूलाई मोरङ ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए । सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको भनाइ छ ।
७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरुले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने उनको भनाइ छ ।
‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले तपाईंहरुले जिताएर पठाइदिनुस् । यस्तो हावाहुण्डरीमा नेपालको सबैभन्दा बढी मत लिएर गएको सांसदको महत्व छुट्टै हुन्छ । यो पनि कोरोना नै हो । यो हुण्डरीमा माटो कोरोना, घण्टी कोरोना, को नि के कोरोना । हाम्रा नेताहरुको लुटपाट भएको कोरोना । कोरोनै महामारी छ नि त अहिले । यो महामारीमा पनि सबैभन्दा बढी मतका साथ विजयी गराउनु भयो भने त्यसको महत्व छुट्टै हुन्छ,’ उनले भने, ‘७० हजार बढी मत दिनुभयो भने त्यो सबैभन्दा धेरै हुन्छ । मैले रोष्ट्रममा उभिएर बोल्दा यो देशलाई थुरुरु पार्न सकिन्छ । कानूनहरु जनताका लागि परिवर्तन गर्न सकिन्छ । क्षेत्र नम्बर ३ को आवाज ठूलो हुन्छ । त्यसले नीति निर्माणमा महत्वपूर्ण हुन्छ ।’
मोरङ ३ मा शर्मासँग रास्वपा उम्मेदवार गणेश कार्की प्रमुख प्रतिस्पर्धी मानिएको छ । अघिल्लो निर्वाचनमा शर्माले पराजित गरेका एमाले उम्मेदवार भानुभक्त ढकाल अहिले तेह्रथुम पुगेका छन् ।












प्रतिक्रिया