काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको टार्गेटमा परेका जनार्दन शर्मालाई एमालेले दह्रो साथ दिने भएको छ । एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच कर्णाली र लुम्बिनीमा चुनावी तालमेल भएको छ । एमाले उपाध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादल र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले आइतबार सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई मतदान गर्नेछ । पुन रुकुम पूर्वमा प्रचण्डसँग प्रतिस्पर्धा गरिरहेका छन् । शर्माले आफूलाई घेराबन्दी गर्न आएको बताइसकेका छन् । प्रलोपाले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका सवै जिल्लामा एमाले उम्मेद्वारलाई मतदान गर्ने सहमति भएको छ ।
यस्तै, लुम्बिनीका सवै जिल्लामा प्रलोपाले एमाले उम्मेद्वारलाई सूर्य चिन्हमा मतदान गर्ने सहमति भएको छ । जेनजी आन्दोलनपछि एक्लाएक्लै उम्मेदवारी दर्ता गरे पनि दलहरुबीच सहकार्य र तालमेल सुरु भएको छ । यसले नतिजा आंकलन गरेभन्दा फरक आउने निश्चित छ ।












प्रतिक्रिया