काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जाने भएका छन् । सभापति थापाको सचिवालयका अनुसार उनी बिहान १०ः३० बजेको उडानबाट सिमरा हुँदै सर्लाही जान लागेका हुन्।
वारिसनामामार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन्। माघ ६ गते मनोनयन दर्ता गर्न जानेक्रममा प्लेन छुटेपछि थापाले वारेसनामार्फत उम्मेदवारी दर्ता गरेका थिए । उनी आइतबार जाने भनिए पनि राष्ट्रिय सभा निर्वाचनका कारण रोकिएको थियो ।
सभापति थापाको सचिवालयका अनुसार गगन चार दिनसम्म निर्वाचन क्षेत्रमा रहनेछन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगै मधेशका विभिन्न जिल्लाका कांग्रेस नेता कार्यकर्तालाई पनि भेट्ने कार्यक्रम छ । कांग्रेस सभापति निर्वाचित भएपछि उनी पहिलोपटक मधेश झर्न लागेका हुन् । सर्लाही ४ का मतदाताँगै मधेशका पार्टी कार्यकर्ता र समर्थक थापाको व्यग्र प्रतीक्षामा छन् ।
कांग्रेसले माघ १६ गते जनकपुरधाममा चुनाजी सभा आयोजना गर्ने तयारी गरेको थियो । तर निर्वाचन आचारसंहिताका कारण फागुन ७ गतेलाई सारिएको छ ।












प्रतिक्रिया