गगन थापालाई सिमरामा भव्य स्वागत, आजै पुग्दैछन् सर्लाही ४


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार सिमरा पुगेका छन् । सर्लाही ४ बाट निर्वाचनमा होमिएका उनी प्रचारप्रसारका क्रममा सोमबार बिहान सिमरा पुगेका हुन् । सिमरा विमानस्थलमा कांग्रेस सभापति थापालाई स्वागत गर्न हजारौंको भीड लागेको थियो ।

उनलाई सिमरा विमानस्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । केही समय नेता कार्यकर्ता र समर्थकसँगको भलाकुसारीपछि थापा सर्लाही प्रस्थान गरेका छन् । गगन यसअघि काठमाडौं ४ बाट निर्वाचन लड्दै आएका थिए । उनले तीनपटक लगातार चुनाव पनि जिते । यसपटक भने उनी सर्लाही पुगेका छन् ।

गगनलाई कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार पनि घोषणा गरिसकेको छ । कांग्रेस सभापति निर्वाचित भएपछि र उम्मेदवारी दर्ता गरेपछि थापा पहिलोपटक मधेश प्रदेश पुगेका हुन् । विगतमा पार्टी पदाधिकारी हुँदा पनि उनी सर्लाहीलगायतका जिल्ला पुग्ने गरेका थिए । पार्टी सभापति नै सर्लाहीबाट चुनावमा उठेपछि मधेशमा कांग्रेसप्रति समर्थन बढेको छ ।