काठमाडौं । नेपालमा जसले जे बोल्छ त्यो कहिल्यै पुग्दैन । जे गर्दिनँ भन्छ त्यही हुन्छ । यसको गतिलो उदाहरण बनेका महावीर पुन र सुधन गुरुङ ।
अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका महावीर पुन आफू राजनीतिमा आउने चान्स ९९ प्रतिशत नरहेको बताउँथे । १ प्रशित पनि चान्स नभएको भन्ने पुन अहिले मन्त्री पद नै त्यागेर राजनीतिमा होमिएका छन् । उनले म्याग्दीमा स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । हिजो राजनीतिक दल र नेतालाई गाली गर्ने पुनले अहिले त्यो हैसियत गुमाएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनबाट सबैभन्दा धेरै चर्चामा आएका पात्र हुन् हामी नेपाल एनजिओका सुधन गुरुङ । जेनजी आन्दोलनमा पानी वितरण गर्दागर्दै उनी सबैभन्दा बढी चर्चामा रहे । अर्थात् जेनजी आन्दोलन नै हाइज्याक गरिदिए । तत्कालीन काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनको शक्तिमा सुधन सरकारको डिफ्याक्टो बने । प्रधानमन्त्रीमा सुशीला काक्र्रीलाई नियुक्ति दिलाउन बालेन र सुधनको निकै ठूलो भूमिका रह्यो ।
तर केही समयपछि सुधन सरकारसँग बिच्के । नानाथरी माग गर्न थाले । कहिले प्रधानमन्त्री कार्की त कहिले गृहमन्त्री ओमप्रकाश अर्यालको माग राख्न थाले । दिनका दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर धम्क्याउन थाले । उनले विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै फागुन २१ मा चुनाव नै हुन नदिने घोषणा गरे । सामाजिक सञ्जालमा पनि सरकारविरुद्ध धाराप्रवाह लखिरहे ।
तर फागुनको चुनाव हुन्न दिन्न भन्ने तिनै सुधन गुरुङ अहिले रास्वपाबाट गोरखा १ मा उम्मेदवार बनेका छन् । आफूलाई स्वतन्त्र र जेनजी भनेर चिनाउने सुधन अहिले एउटा पार्टीको घेरामा सीमित बनेका छन् । गोरखा १ मा रास्वपाबाट उम्मेदवार बनेका सुधनको चर्चा र लोकप्रियता अहिले शून्य बनेको छ । तिनै गुरुङले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् । ‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस्’, उनले लेखेका छन् । हिजो सिंहदरबार, संसद्, सर्वोच्च जलाउनेमा सुधन गुरुङको हामी नेपालका सदस्यको हात रहेको सुरक्षा अंगले पहिचान गरिसकेको छ ।












प्रतिक्रिया