दरबारमार्गस्थित एक क्लबमा भीषण आगलागी


काठमाडौं । काठमाडौंको दरबारमार्थस्थित एक क्लबमा भीषण आगलागी भएको छ। बिहीबार बिहान दरबारमार्गमा रहेको ब्लाक हाउस डान्स क्लबमा आगलागी भएको हो।

नियन्त्रणमा लिन प्रहरी, दमकल पुगिसकेको छ। काठमाडौं महानगरबाट चारवटा दमकल पठाइएको छ। क्लबको भान्छाबाट आगलागी भएको महानगरले अनुमान गरेको छ । आगलागीका कारण सडकमा यातायातका साधन अवरुद्ध भएको छ ।