एकैदिन तोलामा साढे २० हजारले घट्यो सुनको भाउ


काठमाडौं । नेपाली बजारकम शुक्रबार सुनको भाउ प्रतितोला २० हजार पाँच सय रुपैयाँले घटेको छ ।
नेपाली सुन चाँदी ब्यवसाय महंसघका अनुसर आज छापावाल सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला साढे २० हजारले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । जुन रेकर्ड मूल्य हो ।

आज चाँदी पनि ४४० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला सात हजार ६५ रुपैयाँमा खरिदबीक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

जुन अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि त्यसको असर परेको हो । माघ र फागुन विवाह मौसम पनि भएकाले भाउ बढे पनि पसलमा किनमेल गर्ने ग्राहकको भीड लागेको छ ।