काठमाडौं । राष्ट्रिय स्वतज्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्म चुनावी दौडमा छन् । जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ ठूलो भीड लागेको छ । यस्तो भीड अहिलेसम्म कुनै पनि नेपाली नेतामा देखिएको छैन । पूर्वर्यापर बालेन काठमाडौंको मेयर हुँदै दलीय राजनीतिमा हामफालेका हुन् ।
बालेनको क्रेज विश्वका ठूला सेलिब्रिटीभन्दा कम देखिएको छैन । रास्वपाले बालेनको क्रेजलाई भोटमा रुपान्तरण गर्न खोजेको छ । बालेनको सामाजिक सञ्जाल र सडकमा ठूलो फ्यान फलोइङ छ । त्यही भएर रास्वपा मात्र होइन, सर्वसाधारण पनि बालेन झापा ५ बाट विजयी हुनसक्ने अनुमान लगाइरहेका छन् ।
तर एमाले महासचिव शंकर पोखरेलले झापा ५ मा केपी ओलीको प्रतिस्पर्धीमा अझैसम्म बालेनलाई लिएका छैनन् । पोखरेलले ओलीको विजय सुनिश्चित रहेको बताएका छन् । सामाजिक सञ्जालमा गरिएको हल्ला र भूगोलको वास्तविकता नितान्त फरक रहेको उनको भनाइ छ ।
‘काठमाडौंमा त रास्वपा प्रतिस्पर्धामै छैन, उसको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा बढेको देखिन्छ, तर त्यो प्रभाव पनि चुनाव जित्ने तहसम्मको होइन’, शंकरले भने, ‘जहाँसम्म झापा ५ को सन्दर्भ छ, त्यहाँका जनता आफैँ सचेत छन्, सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको प्रभाव त पारेको छ, तर मतदाताचाहिँ हामीसँगै हुनुहुन्छ, त्यहाँ हामी सुरक्षित अवस्थामा छौँ, कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’
एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धीका रुपमा हेरिनु हाँस्यास्पद रहेको टिप्पणी पनि उनले गरे । रास्वपा आफ्नो पार्टीसँग प्रतिस्पर्धाको छेउमै नआउने उनको जिकिर छ । प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार बोल्दै पोखरेलले एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने विश्लेषण सुनाए । अहिले संविधानलाई घायल बनाएर जेलेन्सिकी जन्माउने प्रयास भइरहेको उनको ठोकुवा छ । ‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर पारिएको छ, नेपाललाई भूराजनीतिको क्रिडास्थल बनाउने षड्यन्त्र भइरहेको छ, विदेशीको कठपुतली सरकार बनाएर जेलेन्स्की जन्माउने योजना अघि बढाइएको छ’, उनले थपे । तर जनमत भने पोखरेलले आकलन गरेभन्दा भिन्न रहेको देखिएको छ ।












प्रतिक्रिया