खोला थुनेर फेवाताल बनाउने सपना ! हावा गफकै भरमा चुनाव जित्ने दाउ ? नुवाकोट–१ मा एमाले उम्मेदवार बद्री मैनालीको भाषणले उब्जायो प्रश्न
नुवाकोट क्षेत्र नं. १ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तीव्र बनेको छ। तर प्रचारसँगै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीको भाषणले भने गम्भीर विवाद जन्माएको छ। सार्वजनिक रूपमा बाहिर आएको भिडियोमा मैनालीले तादी र लिखु खोलालाई थुनेर फेवातालजस्तै ठूलो ताल बनाइने दाबी गर्दै चुनावी भाषण गरेको देखिन्छ।
तर उनको यो अभिव्यक्तिलाई स्थानीय स्तरमा अव्यावहारिक, आधारहीन र जनतालाई भ्रमित पार्ने ‘हावा गफ’ को रूपमा लिइन थालेको छ। विकासको नाममा कुनै अध्ययन, योजना, बजेट, वातावरणीय मूल्यांकन वा सरकारी दस्तावेजबिनै यस्ता ठूला सपना बाँडिनु चुनाव जित्ने रणनीति मात्र हो कि भन्ने प्रश्न उठ्न थालेको छ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मैनालीको भाषणमाथि तीव्र आलोचना भइरहेको छ। कतिपयले उनको शैलीलाई पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उखान–टुक्का र अतिरञ्जित राजनीतिक शैलीसँग तुलना गर्दै विकासभन्दा भाषणलाई प्राथमिकता दिएको टिप्पणी गरिरहेका छन्।
नुवाकोट–१ का मतदाताहरू अहिले परिवर्तन र यथार्थ विकास खोजिरहेका बेला एमाले उम्मेदवार मैनालीले यथार्थभन्दा टाढा रहेका आश्वासन बाँडिरहेको आरोप थप बलियो बन्दै गएको छ। यस क्षेत्रमा मैनालीका प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका प्रकाशशरण महत , नेपाली कम्युनिस्ट पार्टीबाट हितबहादुर तामाङ,राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ अनुहार डा. विक्रम तिमिल्सिना चुनावी मैदानमा छन्।












प्रतिक्रिया