काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी इन्टरनेसनल अस्पतालले आइतबार दिउँसो सिटौलाको उपचारका क्रममा निधन भएको घोषणा गरेको छ। रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनको चुनावी अभियानमा सामेल रहेका सिटौला शुक्रबार बिहान अछाममा बेहोस भएका थिए ।
तत्काल उनलाई हेलिकोप्टरमा अछाम जिल्ला अस्पताल लगिएको र त्यहाँबाट सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याई ग्रान्डी अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियो । भर्ना भएको तीन दिनपछि अस्पतालले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी औपचारिक जानकारी गराएको हो ।
अस्पतालले उनलाई ब्रेन ह्यामरेज भएको जनाएको छ । नुवाकोटका ४४ वर्षीय सिटौला पछिल्लो समय बालेन्द्रकै टिममा रहेर काम गरिरहेका थिए । अर्जुन घिमिरे पाँडेले निर्देशन गरेको त्यो चलचित्र रास्वपा नेता गणेश कार्कीको पटकथामा निर्माण भएको हो ।
फिल्ममा बालेन्द्रको र्याप गीत पनि समावेश थियो । कुमार बेनले दिनेशलाई बालेनको टिममा राखेका थिए । हाल अस्पताल परिसरमा उनका परिवारजन, आफन्त, चलचित्र पत्रकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको छ।












प्रतिक्रिया