काठमाडौं । जापानमा प्रधानमन्त्री सनाई तकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को गठबन्धनले दुई तिहाइ बहुमत पाएको छ । सत्तारुढ एलडीपीले ४६५ सदस्यीय संसदमा ३५२ सीट जितेको हो । यसलाई जापानमा ऐतिहासिक विजय मानिएको छ ।
अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो । जापानी प्रधानमन्त्री ताकाइचीले आफ्नो जीवनमा तीन वर्षजति अध्ययन अनुसन्धान, त्यसपछिको साढे दुई वर्ष अमेरिकी संसदमा विधायकी सहायक र त्यसपछि दुई वर्ष टेलिभिजन प्रस्तोताको रुपमा काम गरिन् ।
सन् १९९२ अर्थात् पछिल्ला ३३ वर्षदेखि उनी राजनीतिमा छिन् । १०–११ पल्ट सांसद भइसकिन् । गृह र अर्थसहितका कयौं शक्तिशाली मन्त्रालयको नेतृत्व गरेपछि चार महिनाअघि प्रधानमन्त्री बनिन् । उनले टीभीमा कार्यक्रम चलाएको भनेको २०४५ सालतिर हो ।












प्रतिक्रिया