काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोशी प्रदेश पुगेका छन् । उनी सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट र अन्तरक्रियामा सहभागी हुन विराटनगर पुगेका हुन् । पार्टी सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक कोशी प्रदेश पुगेका हुन् ।
पार्टी सभापति बनेपछि थापाले पार्टीका शीर्ष नेतासँग औपचारिक संवाद गरेका छैनन् । उनले अनौपचारिक छलफल गरे पनि प्रत्यक्ष भेटघाट र संवाद गरेका छैनन् । तर उनले सोमबार पार्टीका नेता डा.शेखर कोइरालालाई मोरङमै भेटे । कोशी प्रदेशमा कांग्रेसबाट उम्मेदवार बनेकालाई सभापति थापाले माला लगाइदिए । यसैक्रममा थापाले डा.कोइरालालाई पनि विजयको शुभकामना दिँदै माला लगाइदिए । शेखर मोरङ ६ बाट उम्मेदवार बनेका छन् ।
थापाले शेखरसहित विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि माला लगाइदिएका थिए । सभापति थापाले कोशी प्रदेशका सम्पूर्ण उम्मेदवारलाई माला लगाइदिएर जितको शुभकामना दिएका थिए । सभापति थापा विराटनगर पुग्दा निकै ठूलो राजनीतिक माहोल बनेको छ ।












प्रतिक्रिया