काठमाडौं । आइसीसी टी–२० विश्वकपअन्तर्गत बिहीबार नेपाल र इटालीबीच खेल हुँदैछ । नेपालले समूह सीमा आफ्नो दोस्रो खेल इटालीसँग खेल्दैछ ।
यो खेल खेल्दा नेपाल १२ वर्षपछि फेरि जित निकाल्ने योजनामा हुनेछ । किनभने तुलनात्मक रुपमा इटाली वरीयतामा यो विश्वकप खेल्ने भन्दा सबैभन्दा तलको टोली हो । इटली २७औं स्थानमा छ । इटालीको यो डेब्यू टी–२० विश्वकप हो । यस संस्करणमा डेब्यु गर्ने एक मात्र टोली इटाली पहिलोपटक विश्वकप खेल्दै इतिहास रचेको छ ।
अहिले भइरहेको विश्वकपमा पहिलो खेल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियमा दुईपटकको टी–२० विश्वकप विजेता इंग्ल्यान्डसँग खेलेको थियो र जितको निकै नजिक पुगेर चार रनले पराजित भयो ।
सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी २० विश्वकपमार्फत नेपालले क्रिकेटको विश्वकपमा डेब्यू गरेको थियो । त्यसबेला नेपालको समूहमा थियो आयोजक बंगलादेशसहित अफगानिस्तान र हङकङ ।
सन् २०१४ मार्च १६ । चितागोङस्थित जहुर अहेमद चौधरी स्टेडियममा नेपालको पहिलो खेल थियो हङकङसँग । पहिलो खेलमै नेपालले हङकङलाई ८० रनले हराएर विश्वकप डेब्यूलाई शानदार बनाएको थियो । त्यसपछि नेपाल बंगलादेशसँग पराजित भयो । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले स्तब्ध पार्दै पहिलो सहभागितामै दुई खेल जितेको थियो ।
नेटरनरेटमा पछि परेपछि नेपाल बंगलादेशभन्दा तल रहँदा सुपर १२ मा पुग्न सकेन । तर डेब्यु विश्वकपलाई नेपालले सानदार बनाएको थियो । त्यहीबाट नेपाली क्रिकेटबारे विश्व जगतले बुझ्ने मौका पाएका थिए । नेपालका युवा खेलाडीहरू क्रिकेटर बन्दै भविष्यमा विश्वकप खेल्ने लक्ष्यका साथ क्रिकेटमा लागेका थिए ।
पहिलो विश्वकप खेलेपछि नेपालले दुईपटक टी२० विश्वकपमा छनोट भयो । अहिले भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको टी(२० विश्वकप खेलिरहेको छ । यो नेपालका लागि लगातार दोस्रो र समग्रमा तेस्रो विश्वकप सहभागिता हो ।
यसबीचमा नेपालले विश्वकपमा खेलेका खेलहरूमा उत्कृष्ट प्रदर्शन, टेष्ट टिमसँग खेलको अनुभवदेखि टेस्ट टिमलाई हराउन निकै नजिक समेत पुग्यो । तर नेपाललाई अहिले खड्किरहेको कुरा भनेको सन् २०१४ मा मार्च २० मा बंगलादेशमा अफगानिस्तानलाई हराएपछि नेपालले टी २० विश्वकपमा कुनै खेल जित्न सकेको छैन ।












प्रतिक्रिया