इटलीविरुद्ध नेपालको बिसर्नलायक प्रदर्शन, १२३ रनमै आउट


काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकपमा इटलीलाई एक सय २४ रनको लक्ष्य दिएको छ । बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा अल आउट हुँदा मात्र १२३ रन बनाउन सक्यो । इटलीका बलरसामु नेपाली खेलाडीले ठूलो स्कोर र साझेदारी बनाउनै सकेनन् ।

नेपालले एक समय १० रन जोड्दा पाँच विकेट गुमाएको थियो । उसले अतिरिक्त रन मात्रै दुई खर्चियो । मध्यक्रमका ब्याटर आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा तीन चौका हिर्काएका थिए । कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्कासहित २३ रन बनाए । २० बलमा २ चौकासहित २० रन मात्रै बनाए । तल्लोक्रममा आएर करण केसीले अविजित ११ बलमा १८ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि १८ बलमा १७ रन बनाए ।

दीपेन्द्र र आरिफबीच ३९ बलमा सर्वाधिक ४४ रनको साझेदारी भएको थियो । यसपछि नेपालले १६.५ सम्म १० रन जोड्दा पाँच विकेट गुमाएको थियो । लोकश बम, गुल्शन झा र नन्दन यादवले मध्यक्रममा टिमलाई अगाडी बढाउनै सकेनन् । यसअघि ओपनर कुशल भुर्तेललाई पाँच रन बनाउँदा अली हसनले जस्टिन मोस्काबाट कभर पइन्टमा क्याच गराएका थिए ।

इंग्ल्यान्डविरुद्ध सानदार प्रदर्शन गरेका लोकेश बम पनि तीन रन बनाएर बाउन्ड्री लाइनबाट क्याच भए । यसपछि नेपाल दबाबमा आएको थियो । गुल्शन झाले मात्र ४ बलमा तीन रन बनाए । सन्दीप लामिछानेपनि ५ रन बनाएर आउट भएका थिए । ललित राजवंशी डक आउट भए । इटालीको लागि क्रिशान कालुगामागेले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए । बेन मानेन्टीले २ तथा अली हासन तथा जेजे स्मुट्सले एक विकेट लिए ।

नेपाल र इटली पहिलोपटक टी २० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकपमा इटलीलाई एक सय २४ रनको लक्ष्य दिएको छ । बिहीबार मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा अल आउट हुँदा मात्र १२३ रन बनाउन सक्यो । इटलीका बलरसामु नेपाली खेलाडीले ठूलो स्कोर र साझेदारी बनाउनै सकेनन् । नेपालले एक समय १० रन जोड्दा पाँच विकेट गुमाएको थियो । उसले अतिरिक्त रन मात्रै दुई खर्चियो ।

मध्यक्रमका ब्याटर आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा तीन चौका हिर्काएका थिए । कप्तान रोहितकुमार पौडेलले १४ बलमा दुई छक्कासहित २३ रन बनाए । २० बलमा २ चौकासहित २० रन मात्रै बनाए । तल्लोक्रममा आएर करण केसीले अविजित ११ बलमा १८ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि १८ बलमा १७ रन बनाए । दीपेन्द्र र आरिफबीच ३९ बलमा सर्वाधिक ४४ रनको साझेदारी भएको थियो ।

यसपछि नेपालले १६.५ सम्म १० रन जोड्दा पाँच विकेट गुमाएको थियो । लोकश बम, गुल्शन झा र नन्दन यादवले मध्यक्रममा टिमलाई अगाडी बढाउनै सकेनन् । यसअघि ओपनर कुशल भुर्तेललाई पाँच रन बनाउँदा अली हसनले जस्टिन मोस्काबाट कभर पइन्टमा क्याच गराएका थिए । इंग्ल्यान्डविरुद्ध सानदार प्रदर्शन गरेका लोकेश बम पनि तीन रन बनाएर बाउन्ड्री लाइनबाट क्याच भए । यसपछि नेपाल दबाबमा आएको थियो ।

गुल्शन झाले मात्र ४ बलमा तीन रन बनाए । सन्दीप लामिछानेपनि ५ रन बनाएर आउट भएका थिए । ललित राजवंशी डक आउट भए । इटालीको लागि क्रिशान कालुगामागेले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए । बेन मानेन्टीले २ तथा अली हासन तथा जेजे स्मुट्सले एक विकेट लिए । नेपाल र इटली पहिलोपटक टी २० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।