पूर्वराजा शाहलाई एयरपोर्टमा भव्य स्वागत, निर्मल निवास लगिँदै


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । नियमित हवाई उडान प्रभावित भएपछि उनी हेलिकोप्टर चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट उनी कारमा चढेर बाहिरिएका थिए । उनलाई स्वागत गर्न सयौं राजावादी चक्रपथमा बसेका छन् ।

राजावादी दुर्गा प्रसाई र राप्रपाले पूर्वराजा शाहलाई भव्य स्वागत गरेर निर्मल निवास लैजाने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि एक महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र वरपर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि राजावादीको भिड एयरपोर्ट अगाडि पुगेको छ । अहिले शाहलाई कारमा चढाएर नाराबाजीसहित निर्मल निवास लगिँदैछ ।