भोलि चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले आइतबार चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ति जारी गरी आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम रहेको जानकारी दिएका छन् ।कांग्रेस सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएका छन् ।

त्यसका लागि पार्टी उपसभापति विश्वप्रकाश शर्मा पश्चिम जिल्लाको भ्रमण छाडेर काठमाडौं फर्किदैछन् । सभापति थापा हाल सर्लाही ४ मा चुनावी प्रचारप्रसारमा छन् । उनले अहिले मतदाताको घरदैलो गरिरहेका छन् । सर्लाही ४ मै पार्टी नेता कार्यकर्ताको भेलालाई सम्बोधन गरेर थापाले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका थिए । कांग्रेसले सभापति थापाको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित प्रतिज्ञापत्र निर्माण समिति गठन गरेको थियो ।

निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनमा सहभागी दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्ने समय निर्धारण गरेको छ । जसअनुसार नेकपा, जसपा नेपाल, राष्ट्रिय जनमोर्चालगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । रास्वपाले वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले घोषणापत्र लेखनका लागि सुझाव संकलन गरिर