बालेनको हाउगुजी देखाएर सर्लाही ४ मा मतदाता तर्साउँदै अमरेश


काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट चुनावी प्रचारप्रसार गर्ने समय तोकेको छ । जसअनुसाधर राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले फागुन १८ गतेसम्म प्रचार प्रसार गर्ने समय पाउनेछन् । आयेगले १५ दिन मात्र चुनाव प्रचारका लागि समय छुट्याएको छ । आइतबारसम्म आचारसंहिता कायमै रहेकाले दलहरूले मतदाता भेटघाट र घरदैलो गरिरहेका छन् । घरदैलोकै क्रममा सर्लाही ४ का रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले मतदाता धम्क्याउने र तर्साउने गरेको देखिएको छ ।

दुईपटक कांग्रेस र एकपटक स्वतन्त्र उम्मेदवारी दिएर सांसद जितेका सिंह अहिले रास्वपा उम्मेदवार बनेका छन् । उनीसँग मतदातासमक्ष जाने कुनै एजेन्डा र नारा छैन । त्यही कारण सर्लाही ४ का मतदाता रुष्ट भएको थाहा पाएपछि सिंहले बालेन कार्ड फालेका छन् । चुनावअघिसम्म मधेश नगएका बालेन अहिले एकाएक मधेश पुत्र भन्दै झरेपछि अमरेशहरु उनलाई ब्रान्डिङ गर्न लागिपरेका छन् । तर मधेशमै बालेनको व्यक्तित्वलाई लिएर विभिन्न टीकाटिप्पणी र आलोचना हुन थालेको छ ।

त्यही भएर अमरेशले देखाएको हाउगुजी भुत्तै सावित हुने मतदाताहरूको भनाइ छ । चुनावपछि बालेन प्रधानमन्त्री बन्ने र आफू वरिष्ठ मन्त्री बन्ने भन्दै उनले हाउगुजी देखाउन थालेका छन् । तर त्यही अभिव्यक्ति उनका लागि घाँडो भइरहेको छ । ‘अमरेशले चुनाव जिते बालेनको मन्त्री बन्ने रे । तर कांग्रेस सभापति गगन थापा जिते आफैं प्रधानमन्त्री बन्दैछन् ।

अमरेशलाई यसपटक हराएरै छाड्ने हो । तीनपटक यहाँ जितेर त्यसले के काम गरेको छ ? देखाउन सक्छ ?’ बलराका एक मतदाताले भने । सर्लाही ४ का मतदाता यसपटक अमरेशसँग निकै भड्किएको भेटियो । कतिसम्म भने एक मतदाताले खुलेआम अमरेश नहारे आफूले आत्मदाह गर्ने नै घोषणा गरेका छन् । देहाततिर यस्तो माहोल छ । देश र अन्तर्राष्ट्रिय क्षेत्रले समेत चासो देखाइरहेको युवा व्यक्तित्व गगन थापा सर्लाही ४ मा उम्मेदवार बनेपछि मतदाताले गर्व गरेका छन् ।

उनीहरूले भन्न थालेका छन्– ‘अब हामीले सर्लाही ४ को मतदाता भन्नुपर्दैन । सिधै गगन थापा चुनाव लडेको क्षेत्र भने पुग्छ ।’ उम्मेदवार मनोनयनपछि गगन थापा दुईपटक चुनावी क्षेत्रमा पुगेर मतदाता भेटेपछि अत्तालिएका अमरेशले आफूनिकट मिडियालाई बोलाएर आफूले चुनाव जित्ने दाबी गर्न थालेका छन् ।

कतिसम्म भने उनले आफूले १० हजार मतअन्तरले चुनाव जित्ने गुड्डी लगाउन थालेका छन् । तर स्थानीय जनता र मतदाताको रुझान हेर्दा उनले पाउने भनेको त्यही १० हजार मत मात्र भएको बताइन्छ । सर्लाही ४ मा कांग्रेसकै १७ हजार समानुपातिक मत भएको र गगन थापा उम्मेदवार भन्दा थपिने भएकाले उनले कम्तीमा ३० हजार मत ल्याएर चुनाव जित्ने प्रक्षेपण गर्न थालिएको छ ।