बालेनले पनि भन्न थाले, काठमाडौंको मेयरले विदेशी चलखेल खेप्नुपर्नेरहेछ


काठमाडौँ । रास्वपा वरिष्ठ नेता एवं झापा ५ का उम्मेदवार बालेन्द्र साह बालेनले पनि नोपलमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताएका छन् । उाले काठमाडौँको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका हुन्। सोमबार बिहान झापा ५ का मतदातासँगको संवादमा काठमाडौँको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्यामा समाधानमा ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको उनले दाबी गरेका हुन् ।

‘काठमाडौँ महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भनेर तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न,’ बालेनले भने, ‘महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’ सुकुम्बासी व्यस्थापन र फोहोर व्यवस्थापनमा आफूले त्यो अनुभूति गरेको उनको भनाइ थियो। ‘काठमाडौँका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्,’ उनले भने।

बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार प्रस्तावित गरेको छ । मेयर हुँदा विदेशी दबाब खेप्न नसक्ने बालेनले प्रधानमन्त्री भएमा के गर्लान् भन्ने चासो उत्पन्न भएको छ । काठमाडौंको मेयर हुँदा बालेनले सुकुम्बासी बस्ती नै उठाउने पटकपटक प्रयास गरेका हुन् । तर नसकेपछि रोकिएका थिए । अहिले झापा ५ पुगेर उनले सुकुम्बासी फकाइरहेका छन् । झापा ५ देशकै सबैभन्दा धेरै सुकुम्बासी जनसंख्या भएको निर्वाचन क्षेत्र हो ।