काठमाडौं । पैदलयात्रुलाई कारबाट ओर्लेर मुक्का हान्ने पक्राउ परेका छन् । प्रहरीले कार चालक पारस बमलाई पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए। बमले चप्पल कारखाना अगाडि एक पैदलयात्रुलाई मुक्का हानेका थिए ।
पैदलयात्रुलाई मुक्का हानेको भिडियो मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उपत्यका ट्राफिक प्रहरीलाई भिडियो मेन्सन गर्दै कडा कारबाहीको माग गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो । धेरैले कार चालकलाई दानवको संज्ञा दिएका छन् । भिडियोमा एक महिलाले पनि पैदलयात्रुलाई गाली गरिरहेको सुनिन्छ ।












प्रतिक्रिया