काठमाडौं – ललितपुर २ का रास्वपा उम्मेदवार जगदीश खरेलले मतदातालाई थर्काएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न पुगेका खरेल र मतदाताबीच भएको भनाभनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मतदाताले रास्वपा त विदेशी एजेन्ट भन्छन् भनेपछि खरेलको पारो तातिएको थियो । उनलाई ४५ वर्षदेखि लुटेर खाएको दलको हनुमान भन्दै विदेशीबाट परिचालित भएको पुष्टि गर्न चुनौती दिए । एक मतदाताले बार्बरा फाउन्डेसनको तपाई सदस्य होइन भन्दै प्रश्न गरेपछि खरेल जंगिएको देख्न सकिन्छ । उनले आफ्नो पार्टीले मात्र यो देश बनाउँछ भन्ने दाबीसमेत गरे ।
यसअघि पनि खरेल र मतदाताबीच घोचपेच चल्दै आएको छ । चुनाव गराउने म्यान्डेट पाएको सरकारको सञ्चार मन्त्री बनेका खरेल एकाएक रास्वपा प्रवेश गरी उम्मेदवार बनेका थिए । अहिले उनलाई भगौडा मन्त्री भन्दै निर्वाचन क्षेत्रका मतदाताले प्रश्न गर्ने र लखेट्दै आएका छन् ।
खरेलले आफू मन्त्री हुँदा निर्वाचन गराउने म्यान्डेट भएको बताउने गर्थे । उनले आफू कुनै दलमा नरहेको पनि भन्ने गर्थे । तर अहिले रास्वपाको माहोल बनेको देखेपछि मन्त्री नै छाडेर चुनावी मैदानमा गएपछि उनलाई मतदाताले मन पराएका छैनन् । देश विदेशमा उनको आलोचना भइरहेको छ ।












प्रतिक्रिया