काठमाडौं – धादिङको भैसीगौडामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी नजिकै भैसीगौडामा यात्रुबस त्रिशुली किनारमा खस्दा घटनास्थलमै १७ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परि घाइते भएर काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत एकजनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको हो । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब साढे १ बजे त्रिशुली किनारमा खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका २७ जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । बसमा ४४ जना सवार थिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको उनले बताए । दुर्घटनामा परि घाइते भएकाहरु २६ जनाको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइ रहेको छ ।












प्रतिक्रिया