काठमाडौँ – जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको उल्लेख गरिएको छ।
गत ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो। प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको छ।













प्रतिक्रिया