काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ र वैकल्पिक शक्ति भन्दै आएको छ । साढे तीन वर्षअघि स्थापना भएको पार्टीले अहिलेसम्म आफ्नो महाधिवेशनसमेत गर्न सकेको छैन । सहकारीलगायत सम्पत्ती शुद्धीकरण विभागमा मुद्दाको चाङ लागेका विवादित व्यक्ति रवि लामिछाने रास्वपाका सभापति रहेका छन् ।
तीन वर्षअघिको निर्वाचनमा सात प्रत्यक्ष र १४ समानुपातिक गरी २१ सिट जितेको रास्वपाले उपचुनावमा थप एक सिट जितेको थियो । तर पनि नयाँ पार्टीको नारा लिएर चुनावी मैदानमा होमीए पनि रास्वपामा ८३ जना अन्य पार्टीबाट प्रवेश गरेको पाइएको छ ।
रास्वपाले यसअघि जान्नेलाई छान्ने र नो नट अगेनको नारा लिएको थियो । सो नाराअनुसार कार्यान्वयन गर्न नसकेपछि रास्वपाले नयाँलाई छानौं भन्ने नारा दिएको छ । नयाँलाई छानौ भन्दै गाउँगाउँ गएको रास्वपामा पुराना दलबाट आएका ८३ जना उम्मेदवारहरू पुरानै अनुहारका रहेको पाईएको छ ।
रास्वपामा फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ, मिङ्मा शेर्पा संखुवासभा, दिनेश भण्डारी धनकुटा, वसन्त भट्ट रसुवा, शिशिर खनाल काठमाडौं–६, स्वर्णिम वाग्ले तनहुँ–१, श्रीराम न्यौपाने तनहुँ–२, सागर भुसाल पर्वत, विमल पन्त पाल्पा–१, माधव थापा पाल्पा–२, विक्रम खनाल परासी–१, नरेन्द्रकुमार गुप्ता परासी–२, देवराज पाठक दाङ–१, खगेन्द्र सुनार बाँके–३, टेकबहादुरसिंह ठकुरी सुर्खेत १, रमेश सापकोटा सुर्खेत–२, राजेशसिंह सामन्त दार्चुला, हरिमोहन भण्डारी बैतडी, जनकसिंह धामी कञ्चनपुर–१, मनीष झा धनुषा–३, अमरेशकुमार सिंह सर्लाही–४, गणेश धिमाल—बारा १, रमाकान्त चौरसिया पर्सा–३, सीताराम साह सप्तरी–४, राज्ञमणि न्यौपाने मोरङ–१, रुद्र गिरी—खोटाङको उम्मेदवार बनेका छन् ।
एमालेबाट सुरेन्द्र कार्की तेह्रथुम, धनेन्द्र कार्की सिन्धुली–१, हरि ढकाल चितवन–१, सुनील लम्साल रूपन्देही–१, सुलभ खरेल रूपन्देही–२, देवसिंह ऐडी डोल्पाका रहेका छन । यस्तै, एनके बस्नेत दैलेख–१, भरत पराजुली सिन्धुपाल्चोक–१, डा.तारा जोशी डडेलधुराबाट एमाले छोडेर रास्वपा छिरेर उम्मेदवार बनेका छन् ।
यस्तै, तत्कालीन माओवादीबाट बोधनारायण श्रेष्ठ धादिङ–२, सोविता गौतम चितवन–३, ललितकुमार चन्द सल्यान, मनबहादुर शाही पश्चिम रुकुम, आनन्द चन्द कैलाली–५, नरेन्द्रसाह कलवार सर्लाही–३, धीरज पटेल रौतहट–३, रहवर अन्सारी बारा–४ का रहेका छन । टेक शाक्य पर्सा–४, राजन गौतम नवलपुर–१ बाट माओवादी छोडी रास्वपा प्रवेश गरेका हुन । दीपककुमार साह सुनसरी जनमत पार्टी, रञ्जु दर्शना—काठमाडौं–१ विवेकशील, सुनील केसी काठमाडौं–२—राप्रपा, पुकार बम काठमाडौं–४ विवेकशील, विराजभक्त श्रेष्ठ काठमाडौं–८—विवेकशील पार्टीबाट रास्वपा प्रवेश गरी उम्मेदवार बनेका छन् ।
बदनकुमार भण्डारी काभ्रे–२ एकीकृत समाजवादी, सुरेश चौधरी बाँके–१— नाउपा, जगतप्रसाद जोशी कैलाली–३ जनमोर्चा, डा. शम्भु यादव सिराहा–३—जसपाका छन् । खडकराज पौडेल कास्की–१ जनमोर्चा, रामविनोद साह धनुषा–२ मधेशवादी, चन्दन सिंह बारा–१ राष्ट्रिय जनता पार्टी, सुशीलकुमार कानु पर्सा–२ जसपा र महेन्द्रविक्रम शाम्सुहाङ पाँचथर एकीकृत समाजवादीबाट रास्वपा छिरेर उम्मेदवार बनेका छन् ।
पछिल्लो समय बालेन्द्र साह बालेनको समूहबाट आएका व्यक्तिहरू पनि विगतमा विभिन्न पार्टीबाट आएका हुन् । आधाभन्दा बढी उम्मेदवार अन्यत्र दलबाट आएका नेता भए पनि रास्वपाले आफूलाई नयाँ दल भन्ने रटान लगाउन छाडेको छैन ।












प्रतिक्रिया