काठमाडौँ – बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बा.प्र. ०१–०२५ च ६०५० नम्बरको कार र सैनिक बजारबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार कन्काई–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत रहेका छन् र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कार चालक बिर्तामोड–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।












प्रतिक्रिया