काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का पूर्व अध्यक्ष हिरा उदासको शनिबार निधन भएको छ। विराटनगरस्थित विराट टिचिङ्ग अस्पताल मा उपचाररत रहेका उदासको उपचारकै क्रममा निधन भएको महासंघले जनाएको छ।
पाँच दशकभन्दा लामो समय सार्वजनिक यातायात क्षेत्रमा सक्रिय रहँदै आएका उदासलाई व्यवसायीहरूले ‘भिष्म पितामह’का रूपमा सम्मान गर्ने गर्थे। सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, संस्थागत सुदृढीकरण, समुन्नत विकास र सुधारका लागि उनले खेलेको भूमिका उल्लेखनीय रहेको महासंघले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।
महासंघले उनको निधनले समग्र यातायात जगतमा अपूरणीय क्षति पुगेको बताउँदै गहिरो दुःख व्यक्त गरेको छ। साथै स्वर्गीय उदासप्रति सम्मान प्रकट गर्दै सातवटै प्रदेश कार्यालयमा तीन दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरिएको महासंघले जनाएको छ।












प्रतिक्रिया