काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई सांसद पदमा निर्वाचित महावीर पुन र एक व्यक्तिबीच पोखराको सडकमा थुकाथुक र बाझाबाझ भएको छ । पोखराको सडकमा पुस्तक बेच्दै गरेका पुनले एक व्यक्तिलाई पछिबाट धकेली दिएपछि बाझाबाझ र अन्त्यमा थुकाथुक भएको हो ।
सांसद जितेर पुस्तक बेच्न सडकमा आएको भन्दै हेलमेट लगाएका पुरुष आफूलाई पुनले धकेलिएपछि आक्रोशित हुँदै किन यस्तो गरेको भन्दै प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ । उनले आफूले पनि धकेलिदिएमा के हुन्छ भन्दै रिसाएको देखिन्छ ।
उनले प्रत्यक्षमै चुनाव जितेर आएका सांसदसँग आफ्ना कुरा पनि राख्न नपाउने भन्दै उनी निकै रिसाएको देखिन्छ । पुनले आफू कारखाना चलाउन आएको भनेपछि ती व्यक्तिले चुनाव जितेर कारखाना चलाउने भन्दै प्रश्न गरेका छन् ।
पुनले यत्रो भीडमा पालैपालो आउनु भनेर आफूले भनेको बताएका छन् । बाझाबाझ नरोकिएपछि अन्तिममा ती पुरुषले थुक्क यस्ता मान्छे भन्दै हिँड्छन् । र, प्रत्युत्तरमा पुनले पनि थुक्क भन्छन् ।












प्रतिक्रिया