इलाम १ मा कांग्रेसका निश्कल राई विजयी


काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन्। राईले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई पराजित गरे । लिम्बू १३ हजार ६३२ मतमा रोकिए। एमालेका काजीमान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले नौ हजार १६० मत पाए।

योसँगै कांग्रेसको १८ सीट पुगेको छ। सुरुमा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा थियो । तर अन्तिम अन्तिमतिर कांग्रेसका राईले बतान्तर बढाउँदै लगे । कांग्रेसले इलाम १ लाई जित्न सकिने सूचीमा राखेको थियो ।