रविले झन्डै १० लाख खर्च गरेर जिते चुनाव


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले हालै सम्पन्न निर्वाचनमा १० लाख पनि खर्च नभएको जानकारी गराएका छन् । उनले आफ्नो चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको उल्लेख छ ।

यातायात तथा ईन्धन खर्च दुईवटा १५ दिन २९५०००, मतदाता प्रशिक्षण खाजा खर्च १४, २००, वडास्तरीय प्रचार प्रसार ४६ हजार, खाद्यान्न तथा रासन खरीदमा ९६ हजार खर्च गरेको उल्लेख छ ।

चितवन २ बाट उम्मेदवार बनेका रविले ५४ हजार मत प्राप्त गरेका थिए । उनले कांग्रेसकी मिनाकुमारी खरेललाई ३९ हजार मतान्तरले चुनाव जितेका थिए ।