अपेक्षित परिणाम नआएपछि गगन थापाको राजीनामाबारे चर्चा, नेता–कार्यकर्ताको ‘नदिन’ आग्रह


अपेक्षित परिणाम आउन नसकेपछि गगन थापाको राजीनामाबारे भित्र चर्चा सुरु भएको छ। केही स्थानमा कांग्रेस सभापति थापाले राजीनामा दिन सक्ने हल्ला चलिरहँदा पार्टीका नेता तथा कार्यकर्ताहरूले भने तत्काल राजीनामा नदिन आग्रह गरिरहेका छन्।

यसबीच सुदूरपश्चिमका केही क्षेत्रमा कांग्रेस उम्मेदवारलाई हराउन पार्टीभित्रकै केही शीर्ष नेता तथा कार्यकर्ताहरू सक्रिय भएको भनिएको अडियो कल फेला परेको दाबी गरिएको छ।

चतुर बहादुर चन्द सहित केही कांग्रेस नेताहरूले यस्तो दाबी गर्दै यसबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। चन्दले सभापति थापाले राजीनामा दिनुभन्दा पनि पार्टीभित्र देखिएका समस्या समाधानका लागि महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरेका छन्।