समानुपातिक मतगणना सकियो, रास्वपा दुई तिहाइभन्दा कति सिट कम ?


निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको जनाएको छ। गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाखभन्दा बढी मतसहित पहिलो बनेको छ।

सिट बाँडफाँट अनुसार रास्वपाले ५७ समानुपातिक सिट पाउने भएको छ भने नेपाली कांग्रेस ले २०, नेकपा एमाले ले १६, नेपाली कम्युनिस्ट पार्टी ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४–४ सिट पाउने भएका छन्।

प्रत्यक्ष र समानुपातिक सिट जोड्दा रास्वपाको कुल १८२ सिट पुग्ने देखिएको छ, जुन दुई तिहाइ बहुमतभन्दा २ सिट कम हो।