काठमाडौं – रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले आफ्नै संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने विधानमा संशोधन गर्ने तयारी गरेको छ। पार्टी भित्र बालेन शाहलाई संसदीय दलको नेता बनाउने तयारी भइरहेको बताइएको छ।
हालको विधानअनुसार बालेनलाई नेता बनाउनु कानून र नियमसँग मेल खाँदैन। त्यसैले पहिले विधान संशोधन गरेर बाटो सहज बनाउने योजना बनाइएको हो।
पार्टी स्रोतका अनुसार, विधान संशोधन भएपछि मात्रै बालेनलाई संसदीय दलको नेता बनाउने प्रक्रिया अघि बढाइनेछ। यसरी नेता चयन भएपछि प्रधानमन्त्री नियुक्तिको बाटो पनि खुल्ने सम्भावना रहेको छ।













प्रतिक्रिया