काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता चयन गर्ने र त्यसबाट प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनको बाटो खोल्ने तयारी गरेको छ।
पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था रास्वपाले संशोधन गर्ने योजना बनाएको हो।
रास्वपाको विधान, २०७९ को धारा ६६ अन्तर्गत संसदीय दलको नेताको निर्वाचनसम्बन्धी व्यवस्था आगामी दिनमा कार्यान्वयन गर्न नसकिने देखिएपछि संशोधनतर्फ अघि बढिएको हो। २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपा संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।
रास्वपाका नेताहरूका अनुसार, सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह समानुपातिक सांसद चयन, विधान संशोधन लगायत विषयमा निरन्तर छलफलमा छन्। निर्वाचनपछि बिरामी भएका लामिछाने अहिले आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार बिहीबार पनि उनी ‘फलोअप’ का लागि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए। लामिछाने क्यानुला बाट औषधि लिइरहेका छन्।
सचिवालयका एक सदस्यका अनुसार, “चिकित्सकले बेड रेस्टमा बस्न भन्नु भएको भए पनि सभापतिले सरकार गठनसम्बन्धी विषयमा वरिष्ठ नेता शाहसहित निरन्तर छलफल गरिरहनुभएको छ।













प्रतिक्रिया