रवि लामिछानेको निर्देशनपछि रास्वपा सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवार सिफारिस मुख्य एजेन्डा


१ चैत, काठमाडौं। रबि लामिछाने को निर्देशनमा रास्वपाको सचिवालय बैठक आज आइतबार बिहान १० बजे बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै शनिबारका लागि तय गरिएको बैठक आजका लागि सारिएको जानकारी दिएका छन्।

उनका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धी एजेन्डा तय गरिएको प्रवक्ता झाले बताएका छन्।