काठमार्डौं । ललितपुरको ग्वार्कोस्थित पाँच तारे रोयल टुलिप होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रम सु्रु भएको छ । अभिमुखीकरण र परिचयात्मक कार्यक्रमको उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालले उदघाटन गरेका छन् । कार्यक्रमको उदघाटन बालेन र समापन रविले गर्ने भनिएको थियो ।
पार्टीका प्रत्यक्ष र समानुपातिकतर्फका अधिकांश सांसदहरु सहभागी हुँदा भावी संसदीय दलको नेता तथा प्रधानमन्त्रीको रुपमा हेरिएका वरिष्ठ नेता बालेन उपस्थित छैनन् । रवि र बालेन अस्वस्थताका कारण सहभागी भएनन् । उद्घाटन समारोहमा बोल्ने क्रममा उपसभापति अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।
‘दुवैजनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं ।’ पार्टीले पहिलोपल्ट संसद छिर्न लागेकाहरुलाई संसदीय भूमिका, कानून निर्माण, सुशासन तथा राजनीतिक संस्कार विकाससम्बन्धी प्रशिक्षण दिन विभिन्न क्षेत्रका विषयविज्ञ र पूर्वप्रशासकहरुलाई कार्यक्रममा बोलाएको छ । सभापति लामिछानेले समापन मन्तव्य मात्र दिनेछन् ।
कार्यक्रमको तालिकामा बालेन कहीं कतै समावेश छैनन् । पार्टीले नै उनलाई कार्यक्रमको कुनै पनि सेसनमा नराख्ने निर्णय गरेको हो वा बालेन स्वयंले नचाहेका हुन्, त्यो भने खुलेको छैन । तर पार्टीको महत्वपूर्ण कार्यक्रममा बालेन सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।













प्रतिक्रिया